गोरखा । जिल्लाको ५ वटा स्थानिय तहमा आज गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ४४ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार ७९ जनामा गरिएको एन्टिजेन परिक्षणको क्रममा ४४ जनामा संक्रमण पुष्टी भएको हो ।
कार्यालयले उपलब्ध गराएको विवरण अनुसार गोरखा अस्पतालमा ३१ जनामा गरिएको परिक्षणमा २१ जना, पालुङटार नगरपालिकामा ७ जनामा गरिएको परिक्षणमा २ जना र आरुघाटमा १६ जनामा गरिएको परिक्षणमा ८ जनामा देखिएको छ ।
त्यस्तै गरी, शहिदलखन गाउँपालिकामा १४ जनामा परिक्षण गर्दा ८ जना र अजिरकोट गाउँपालिकामा ११ जनामा परिक्षण गर्दा ५ जनामा संक्रमण देखिएको छ ।
आज संक्रमण देखिएका मध्ये २० जना महिला र २४ जना पुरुष रहेका छन् । योसंगै जिल्लामा सक्रिय संक्रमितको संख्या १९३ जना पुगेको कार्यालयले जनाएको छ ।



