गोरखा । गोरखामा आज विभिन्न स्थानमा गरिएको एन्टिजेन परिक्षणका क्रममा थप ६५ जनामा संक्रमण फेला परेको छ । स्वास्थ्य कार्यालय गोरखाका अनुसार १६१ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा ६५ जनामा संक्रमण देखिएको हो ।
आज संक्रमण देखिएका मध्ये गोरखा नगरपालिकामा २९ जना, गोरखा अस्पतालमा २५ जना, पालुङटार नगरपालिकामा २ जना र आरुघाट गाउँपालिकामा ९ जना रहेका छन् । यो सहित जिल्लामा सक्रिय संक्रमितको संख्या १४९ पुगेको छ ।
संक्रमण देखिएका मध्ये गोरखा नगरपालिकामा ३२ जना महिला र ६३ जना पुरुषको एन्टिजेन परिक्षण गर्दा १० जना महिला र १९ जना पुरुष, गोरखा अस्पतालमा २० जना महिला र २२ जना पुरुषको परिक्षणका क्रममा १० नजा महिला र १५ जना पुरुषमा संक्रमण देखिएको छ ।
त्यस्तै, गरी पालुङटार नगरपालिकामा ३–३ जना महिला र पुरुषमा गरिएको एन्टिजेन परिक्षणमा १–१ जना महिला र पुरुषका साथै आरुघाट गाउँपालिकामा १३ जना महिला र ५ जना पुरुषको एन्टिजेन परिक्षणका क्रममा ६ जना महिला र ३ जना पुरुष रहेको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
योसंगै गोरखा नगरपालिकामा १०४ जना, पालुङटार नगरपालिकामा ९ जना, भीमसेन थापा गाउँपालिकामा ७ जना, शहिद लखन गाउँपालिकामा ६ जना, बारपाक सुलिकोट गाउँपालिकामा १ जना, सिरानचोक गाउँपालिकामा २ जना र आरुघाट गाउँपालिमामा २० जना सक्रिय संक्रमित रहेका छन् ।



