गोरखा । गोरखा सदरमुकामको ठिगुरेश्वारमा पौष ३० गते साँझ पैदलयात्रीलाई ठक्कर दिएर भाग्ने सवारी साधानलाई आज गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार गोरखा नगरपालिका ९ का स्थानिय कैले सार्कीलाई ठक्कर दिएर भाग्ने ग. ३ च ६०४९ नम्बरको कारलाई आज प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।
गोरखा नगरपालिका ९ को दल भञ्ज्याङ निवासी अन्दाजी ७३ बर्षिय सार्कीलाई कारले ठक्कर दिदाँ देब्रै खुट्टा कामै नलाग्ने गरी भाँचिएको छ भने टाउँकोमा रगत जगेको छ । गंभिर घाईते सार्कीको अहिले पनि भरतपुरमा उपचार भई रहेको छ ।
साँझ ६ः३० बजे भएको उत्त दुर्घटना लगत्तै उनको बेहोस अवस्थामा गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी भरतपुर पठाईएको गोरखा अस्पतालले जानकारी दिएको छ ।
गोरखा प्रहरीका प्रमुख प्रहरी उपरिक्षक शेखर खनालका अनुसार पक्राउ परेको सवारी साधानका धनीले घटना गराएको स्विकार गरेका छन् । घटना लगत्तै प्रहरीले अनुसन्धानको लागि भन्दै एम्बुलेन्स र स्कोरपियो गाडी नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।
प्रहरीले गोरखा बजारको सिसी टिभी फुटेजको आधारमा घटना गराउने सवारी साधानलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।


