गोरखा । गोरखाको मनकामना मन्दिर बिहीबारदेखी बन्द हुने भएको छ । कोरोना महामारीका कारण नेपाल सरकारले मन्दिरमा नृत्य पूजा बाहेक सर्व साधारणलाई प्रवेशमा रोक लगाए संगै मनकामना मन्दिरमा पनि मन्दिर प्रवेशमा रोक लगाईएको हो ।
मनकामना क्षेत्र बिकास समितिको आज बसेको बैठकले नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पौष ३० गते गरेको निर्णय अनुसार नै मन्दिरमा बिहीबारदेखी नृत्य पूजा गरी सर्व साधारणलाई मन्दिर प्रवेशमा रोक लगाउने निर्णय भएको अध्यक्ष रामकुमार जोशीले बताए । ‘आज र भोली भने हामीले सर्व साधारणलाई रोक लगाएका छैनौ’ भन्दै जोशीले ‘तर बिहीबारदेखी भने मन्दिरमा पूजारीले नृत्य पूजा बाहेक सर्व साधारणलाई माघ मसान्त सम्म रोक लगाउने निर्णय गरेका छौ’ भने ।
मंगलबार र बुधबार भने सर्व साधारणले थाहा पाउने गरी मन्दिर बन्द गरिएको सूचना जारी गर्ने समितिले जनाएको छ । तर यो बिचमा केबलकार भने बन्द हुने छैन ।
बिहीबारदेखी केबलकार तथा पैदल र यातायातबाट आउने तिर्थ यात्रीहरुले मन्दिरको रेलिङ बाहिरैबाट मन्दिरको सहयोगी मार्फत पूजा गर्न सक्ने समितिका अध्यक्ष जोशीले जानकारी दिए । ‘बिहीबारदेखी मन्दिर आउने जो कोहीले पनि मन्दिर बाहिर रहेको बारबाट मन्दिरमा रहेका सहयोगी मार्फत मात्र पूजा आजा गर्न पाउने छ’ अध्यक्ष जोशीले भने ।
पशु बलीको हकमा भने केबलकारमा नै रोक लगाउने तर ल्याई हालेको खण्डमा छुट्टै स्थानमा पूजाको ब्यव्स्थान गरी मन्दिर बाहिरै बली दिने ब्यवस्था मिलाईएको पनि समितिले जनाएको छ ।
मनकामना मन्दिरमा अहिले पनि दैनिक रुपमा ५ हजार भन्दा बढी मानिसहरुले पूजा आजा गर्दै आएको मन्दिरका मुल पुजारी ईन्सानबहादुर थापाले जानकारी दिए । पूजारी थापाले पनि बिहीबारदेखी माघ मसान्तसम्म नृत्य पूजा गर्न समितिले निर्णय गरेको भन्दै सोही अनुसार उत्त समय सिमा भित्र नृत्यु पूजा मात्र हुने जानकारी दिए ।




















