गोरखा । गोरखामा आजदेखी कोरोना बिरुद्वको बुस्टर डोज खोप दिन शुरु हुने भएको छ । सोमबार खोप समन्वय समितिको बैठकले जिल्ला सबै स्थानिय तहमा बुस्टर डोज दिने निर्णय गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङ सहितको उपस्थितीमा खोप समन्वय समितिले गोरखा नगरपालिकामा माघ ४ गते, १३ गते र १४ गते खोप सञ्चलन गर्ने निर्णय गरेको हो ।
सोही बैठकले पालुङटार नगरपालिका, भीमसेन थापा र अजिरकोट गाउँपालिकामा माघ ६ गते, गण्डकी गाउँपालिकामा ९ र १० गते तथा आरुघाट गाउँपालिकामा माघ १० गते बूस्टर खोप दिने निर्णय गरेको हो ।
त्यस्तै, गरी माघ १२ र १३ गते चुमनुब्री गाउँपालिकामा, धार्चे गाउँपालिकामा १३ र १४ गते तथा बारपाक सुलिकोटमा १४ गते खोप सञ्चालन गर्ने निर्णय गरेको छ ।






















