गोरखा । सोमबार गोरखाको विभिन्न स्थानिय तहमा थप ३४ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परिक्षणबाट ३४ जनामा संक्रमण देखिए संगै सक्रिय संक्रमितको संख्या ८४ पुगेको हो ।
स्वास्थ्य कार्यालय गोरखाले उपलब्ध गराएको विवरण अनुसार ५ जना महिला र १५ जना पुरुषको पीसीआर परिक्षण गर्दा ३ जना महिला र १२ जना पुरुषमा संक्रमण देखिएको हो । सोमबार नै २२जना महिला र २३ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा ९ जना महिला र १० जना पुरुषमा संक्रमण देखिएको छ ।
गोरखा अस्पतालमा १५ जना महिला र ८ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणमा ६ जना महिला र ५ जना पुरुष, आरुघाट गाउँपालिमा २ जना महिला र ६ जना पुरुषमा गरिएको परिक्षणमा ३ जना पुरुषमा संक्रमण देखिएको हो ।
त्यस्तै, गरी शहिद लखन गाउँपालिकामा २–२ जना महिला र पुरषमा गरिएको परिक्षणमा २ जना महिला र १ जना पुरुष तथा भीमसेन थापा गाउँपालिकामा ३ जना महिला र ७ जना पुरुषमा गरिएको परिक्षणमा १–१ जना महिला र पुरुषमा संक्रमण देखिएको स्वास्थ्य कार्याल गोरखाले जनाएको छ ।
सोमबार संक्रमण देखिएका मध्ये १२ जना महिला र २२ जना पुरुष संक्रमित भएका हुन् ।



