गोरखा । साता दिनदेखी देखिन थालेको कोरोना संक्रमणले जिल्लको ८ स्थानिय तहमा पुगि सकेको छ । आइतबार थप २४ जनामा संक्रमण देखिए संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ५२ पुगेको छ ।
स्वास्थ्य कार्यालय गोरखाले सार्वजनिक गरेको विवरण अनुसार गोरखा अस्पतालमा ३५ जनामा गरिएको एन्टिजेन परिक्षणका क्रममा २२ जना र आरुघाट गाउँपालिकामा ७ जनामा गरिएको परिक्षणमा २ जनामा संक्रमण देखिएको हो ।
आइतबार गोरखा अस्पतालमा मात्रै २० जना महिला र १५ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणका क्रममा १४ जना महिला र ८ जना पुरुषमा संक्रमण देखिएको हो भने आरुघाट गाउँपालिकामा २ जना महिला र ५ जना पुरुषमा गरिएको परिक्षणका क्रममा १–१ जना महिला पुरुषमा संक्रमण पुष्टी भएको कार्यालयले जानकारी दिएको छ ।
आइतबारसम्म संक्रमण देखिएका मध्ये गोरखा नगरपालिकामा सर्वाधिक २९ जनामा देखिएको छ भने पालुङटार नगरपालिकामा ८ जना र आरुघाट गाउँपालिकामा ७ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै, शहिद लखन गाउँपालिकामा ३ जना, सिरानचोक र भीमसेन थापा गाउँपालिकामा २–२ जना र बारपाक गाउँपालिकामा १ जनामा संक्रमण देखिएको छ ।
जिल्लाको अजिरकोट, गण्डकी, धार्चे र चुमनुब्रीमा भने अहिलेसम्म पनि संक्रमण नदेखिएको कार्यालयले जनाएको छ ।



