काठमाण्डौं । चर्चित गीतहरुका गायक तथा संगीतकार अंकितबाबु अधिकारीले बिल्कुलै नयाँ सांगीतिक सौगात ‘कफी क्रश’ सार्वजनिक गरेका छन् ।
रोमाण्टिक भर्सनको यस गीतलाई भारतको पश्चिम बाङ्ग्गालका उत्कृष्ट सङ्गितकार सुमित विश्वकर्माले संगीत संयोजन गरेका हुन् । भिडियोमा अब्बल गायक प्रताप दास र प्रियाना आचार्य ‘मुन्नी’को अभिनय रहेको छ । क्याफेको वेटर को भूमिकागायक अंकितबाबु आफैले निभाएका छन ।
भिडियोमा एक युवकलाई कफि पिउँदै गर्दा अर्को टेबलमा बसेर कफि पिउँदै गरेकी एक सुन्दर युवतीले आकर्षित गर्छिन र तिनै युवतीको क्रियाकलाप र हाउभाउ देखेर युवक द्ङ्ग पर्छन । उनिहरु बीचको आँखा जुधाई, हेराहेर र अन्य भाव–संवादहरुलाई क्याफेको एक वेटरले नजिकै बाट नियाली रहेको हुन्छ र उक्त वेटर गीत मा कहिले हाँस्ने त कहिले आँखा तर्ने गर्दा गीत अझै रोमान्चक बनेको महशुश हुन्छ ।
‘ए–सिरिज’ नामक च्यानल बाट सार्वजनिक गरिएको यस गीतको भिडियो निर्देशन नविन भट्टले गरेका हुन । भिडियोको छायांकन अनिश स्याङ्देन ले गरेका हुन भने सम्पादन चानस पुन मगरले गरेका हुन् ।


