गोरखा । गोरखा सदरमुकामको ठिगुरेश्वारमा साँझ पख अपरिचित सवारीले ठक्कर दिदाँ एक बृद्व गम्भिर घाईते भएका छन् । दैनिक ज्यालादारी गर्ने स्थानिय कैले सार्कीलाई कुन सवारीले ठक्कर दिएको हो भन्ने बारेमा अहिलेसम्म पत्ता नलागेको गोरखा प्रहरीले जनाएको छ ।
गोरखा नगरपालिका ९ को दल भञ्ज्याङ निवासी अन्दाजी ७३ बर्षिय सार्कीलाई काम गरेर फर्कने क्रममा ठक्कर दिदा उनको देब्रे खुट्टा कामै नलाग्ने गरी भाँचीएको स्थानिय अमित खत्रीले जानकारी दिए ।
साँझ ६ः३० बजे भएको उत्त दुर्घटना लगत्तै उनको बेहोस अवस्थामा गोरखा अस्पतालमा सामान्य उपचार पछि थप उपचारको लागी भरतपुर पठाईएको गोरखा अस्पतालले जानकारी दिएको छ ।
यता गोरखा प्रहरीका प्रमुख प्रहरी उपरिक्षक शेखर खनालका अनुसार घाईते सार्कीले अत्याधिक मदिरा सेवन गरेकाले के कती कारणले घटना भएको भन्न गारो भएको जानकारी दिए । पनि घटनाको जानकारी प्राप्त भए लगत्तै सबै प्रहरी युनिटलाई घटनाको बिषयमा जानकारी गराएकोले दुर्घटनामा सवारी साधन संलग्न भए चाढै नै पक्राउ पर्ने बताए ।
प्रहरीले गोरखा बजारको सिसी टिभी फुटेजको पनि अध्ययन गरी रहेको गोरखा प्रहरीले जनाएको छ ।


