काठमाण्डौं । गीतकार एवम व्यवसायी नारायण रसाइलीको शब्दमा रहेको सामाजिक सन्देश बोकेको म्युजिक भिडियो ‘भतभती पोल्छ’ भिडीयो सार्वजनिक भएको छ ।
यस गीतमा युवा पुस्ताकि चर्चित गायिका रचना रिमालको सुमधुर स्वर सुन्न सकिन्छ । दिप घतानीले संगीतवद्द गरेको यस गीतलाई संजिव बराइलीले संगीत संयोजन गरेका हुन् ।
समलिङ्गी प्रेम सम्बन्ध,बिहे अनि समाजले हेर्ने दृष्टिकोण लाई जीवन्त रूपमा प्रस्तुत गरिएको भिडियोमा पल शाह र प्रियाना आचार्यको फिचर्ड छन् ।
बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन् । तारा लोहनी रसाइली निर्मात्री रहेकी यस भिडियोलाई निकेश खड्काको निर्देशनमा तयार पारिएको हो । भिडियो गीतकार रसाइलीको च्यानल ‘नारायण रसाइली अफिसिएल’ मार्फत सार्वजनिक गरिएको हो ।


