गोरखा । बिहीबार दिउसो गोरखा सदरमुकामको ठिगुरेश्वारामा २ वटा मोटरसाइकल एक आपसमा ठक्कर खादा ३ जना घाईते भएका छन् ।
गोरखा नगरपालिका ९ को ठिगुरेश्वारामा बिहीबार दिउसो १२ः०० बजे लक्ष्मी बजारबाट गोरखा तर्फ आउँदै गरेको बा. ६२ प. ७०९७ नं. को मोटरसाईकल र सोही दिशाबाट आएको बा। प्र। ०२०३२ प। ७७१६ नं। को मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा बा. ६२ प. ७०९७ नं.को मोटरसाईकल एक आपसमा ठक्कर खादा चालक द्वय आशिष राना मगर र सन्देश बस्नेत तथा मोटरसाईकल सवार बर्ष २३ को विशाल श्रेष्ठ घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
घाईते सबैको प्रहरी तथा स्थानीयहरुको सहयोगमा उद्धार गरी गोरखा अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धर्म अधिकारीले जानकारी दिए । घाईते सबै सामान्य अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
दुबै मोटरसाईकल जिल्ला ट्राफिक प्रहरी कार्यालयको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।




















