गोरखा । केही दिन यता गोरखामा कोरोना संक्रमण पुनः देखिन थालेको छ । पछिल्लो समय नेकपा एमालेको अधिवेशन सगत्तै एमालेका जिल्ला अध्यक्ष र उपाध्यक्ष सहित ४ जनामा संक्रमण पुष्टी भएको छ ।
उनीहरुमा कोरोना संक्रमण संग मिल्दा जुल्दा लक्ष्यण देखिए लगत्तै गोरखा अस्पतालमा गरिएको एन्टिजेन परिक्षणका क्रममा अध्यक्ष प्रेमबहादुर गुरुङ र उपाध्यक्षमा कृण्णबहादुर नेपालीमा संक्रमण देखिएको हो ।
उनी संगै अधिवेशनमा सहभागी भएका आर्थिक विभाग प्रमुख मोहन भट्टराई र भिमसेन थापा गाउँपालिका गाउँपार्टी अध्यक्ष सुजन सिंखडालाई पनि संक्रमण देखिएको छ ।
बुधबार साँझ सम्म गोरखा नगरपालिका र पालुङटार नगरपालिकामा ६–६ जना र आरुघाट गाउँपालिकामा १ जना गरी १३ जनामा संक्रमण देखिएको हो । यसै साता देखिएको यो संक्रमणको दरले आगामी दिनमा अझै बढी सचेत नहुने हो भने संक्रमणले जिल्लालाई गाँज्ने संभावना बढी देखिएको स्वास्थ्य विज्ञहरुको अनुमान रहेको छ ।





















