गोरखा । कोरोना महामारी पुनः फैलिएको भन्दै माघ ७ गतेबाट सरकारी काम र सार्वजनिक स्थलमा प्रवेश पाउन अनिवार्यरुपमा खोपकार्ड देखाउनु पर्ने भएको छ ।
कोभिड–१९ संकट ब्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी)को सिफारीस एवं गृह मन्त्रालयको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानिय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी जिल्ला प्रशासन कार्यालयले यस्तो निर्णय गरेको हो ।
प्रशासन कार्यालयमा बुधबार बसेको समितिका पदाधिकारीहरुको निर्णय गर्दै ‘सार्वजनिक स्थानहरु (कार्यालय, होटल, रेष्टुरेण्ट, ब्यापार/ब्यवसाय, सिनेमा हल, रंगशाला, पार्क आदि) मा प्रवेश गर्दा २०७८ माघ ७ गतेदेखि कोभिड–१९ बिरुद्वको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भएपनि हुने) साथमा राख्ने र यस्ता सबै निकायहरुले खोप कार्ड हेरेर मात्र प्रवेश दिने ब्यवस्था गर्ने’ भन्ने निर्णय भएको छ ।
समितिले ‘२०७८ माघ ७ गतेदेखि जिलल भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न खोप कार्ड (मोबाइलमा फोटो भएपनि हुने) अनिवार्य हुने’ निर्णय गरेको जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।





















