गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमाले गोरखाको ४ पदको लागि भएको मतदान सम्पन्न भएको छ । सहसचिव, खुल्ला सदस्य, उत्पीडित पुरुष र जनजाती पुरुषमा आवश्यक भन्दा बढीको उम्मेदवारी परे संगै मतदान भएको हो ।
निर्वाचन अधिकृत रमेश अधिकारीका अनुसार २ उप सचिवका लागि भएको मतदानबाट विशाल थापा र सुरेशबावु श्रेष्ठ बिजयी भएका छन् । त्यस्तै गरी २० जना खुल्ला सदस्य र उत्पीडित पुरुष तथा जनजाती तर्फ भएको निर्वाचनको परिणाम समेत सार्वजनिक भएको छ ।
को को बिजयी भए ?
उप सचिव
१) बिशाल थापा
२) शुरेरबावु श्रेष्ठ
खुल्ला तर्फ २० जना
१) ईश्वरप्रसाद दुवाडी
२) काजीराम श्रेष्ठ
३) किसान गुरुङ
४) नेदारमणी खनाल,
५) खिलबहादुर राना
६) खिलप्रसाद पनेरु
७) चित्र खड्का
८) तिर्थबहादुर नेपाली
९) धनिन्द्र धमाल
१०) ध्रुव ढकाल
११) प्रविण अधिकारी
१२) प्रेमकुमार पुडासैनी
१३) बकबहादुर लामा
१४) बिनोद पन्थ
१५) भिमबहादुर बोगटी
१६) मोहन भट्टराई
१७) रामहरी केसी
१८) सन्जिब श्रेष्ठ
१९) साधुराम थापा
२०) सुजन बानियाँ
जनजाती पुरुष तर्फ
१) आशबहादुर गुरुङ
२) बलराम थापा
३) भिमबहादुर गुरुङ
४) राजु गुरुङ
५) सानुकाजी वन्त
उत्पीडित पुरुष तर्फ
१) सुजन परियार
२) नरबहादुर सार्की
३) टिकाराम नेपाली
यो संगै नेकपा एमाले गोरखाको अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले १०५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । अब भने पहिलो बैठकले थप २१ जनालाई मनोजित गर्ने र १२६ सदस्यीय जिल्ला कार्य समिति हुने नेकपा एमाले गोरखाले जनाएको छ ।


