गोरखा । गोरखाको आँपपिपल अस्पतालमा कार्यरत २ जना चिकित्सकमा कोरोना संक्रमण पुष्टी भएको छ । चिकित्सकमा कोरोना संक्रमण संग मिल्दोजुल्दो लक्षण देखिए पछि गरिएको पीसीआरमा उनीहरुमा संक्रमण पुष्टी भएको पालुङटार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृण्ण अधिकारीले जानकारी दिए ।
अस्पतालका चिकित्सकमा कोरोना देखिए संगै अत्यावश्यकीय सेवा बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ । चिकित्सक संग सम्पर्कमा आएका २० जनाको आज पीसीआर परिक्षण गरिएको र त्यसको रिर्पोट भोली मात्र प्राप्त हुने पनि स्वास्थ्य शाखा प्रमुख अधिकारीले बताए ।
संक्रमित दुवै जना चिकित्सक अस्पतालको आईसोलेशनमा नै उपचाररत छन् ।
दोस्रो लहलको लामो सयम पछि गोरखा जिल्ला कोरोना संक्रमण शुन्य रहेकोमा अब भने कोरोनाका बिरामीहरु थपिने क्रम देखिन थालेको छ । आजै पालुङटार नगरपालिकाको विभिन्न स्थानमा १३ जना महिला र ११ जना पुरुषमा गरिएको एन्टिजेन परिक्षणमा कोही पनि संक्रमित फेला परेनन् ।
पछिल्लो समय जिल्लामा मेला महोत्सव तथा राजनैतिक दलका ठुला ठुला कार्यक्रम र साँस्कृतिक कार्यक्रम हुदाँ पनि स्वास्थ्य मापदण्ड पालना नहुदा गोरखा जिल्ला संक्रमणको उच्च जोखिममा पर्न थालेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।




















