गोरखा । महिला उद्यमी संघ गोरखाको अध्यक्षमा रिता रेग्मी अध्यक्ष चयन भएकी छिन् । संघको गोरखा सदरमुकाममा भएको पहिलो अधिवेशनले रेग्मीलाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
पहिलो अधिवेशनबाट उपाध्यक्षमा शुष्मा श्रेष्ठ, सचिवमा सृजना पाण्डे र कोषाध्यक्षमा शारदा खत्री चयन भएकी छिन् ।
त्यस्तै गरी सदस्यहरुमा पूर्णदेवी गुरुङ, सानुमाया थापा, जुना विश्वकर्मा, सानुमाया बानिया र मिनकुमारी काप्री सदस्यमा चएन भएको संघले जनाएको छ ।
रेग्मी यस अघिको तदर्थ समितिको संयोजक समेत थिईन ।


