गोरखा । सदरमुकामको शक्ति माध्यामिक बिद्यालयमा अध्ययनरत ०४१ सालका बिद्यार्थीहरुले तात्कालीन शिक्षकहरुलाई सम्मान गरेका छन् । ०४१ मा शक्ति माविबाट प्रवेशिका परिक्षा दिएकाहरुको समूहले सदरमुकामको रानिबनमा एक कार्यक्रम गरी तात्कालिन शिक्षकरुलाई सम्मान गरेका हुन् ।
सनिबार भएको पुनःमिलन तथा गुरु सम्मान कार्यक्रममा तात्कालिन शिक्षक रामचन्द्र आचार्य, गोबर्धन आचार्य, रामप्रसाद अधिकारी, कृण्ण राना, मञ्जु अर्याललाई सम्मान गरेका हुन ।
पूर्व बिद्यार्थीहरुको भेलाले स्कुलको शैक्षिक गुणस्तरको बिकासको लागि भन्दै १० लाखको अक्षयकोष स्थापना गर्ने निर्णय समेत गरेको छ । सनिबार नै ४ लाख ५० हजार उठी सकेको र केही दिन भित्रै अन्य रकम उठाएर अक्षयकोष स्थापना गरिने पूर्व बिद्यार्थी अत्यूतलाल श्रेष्ठले जानकारी दिए ।
भेलाले ११ सदस्यीय समिति समेत गठन गरेको छ । जसको अध्यक्षमा निरज भट्टराई, उपाध्यक्षमा गायत्री आचार्य, सचिवमा अच्यूतलाल श्रेष्ठर र कोषाध्यक्षमा दमनबावु श्रेष्ठ रहेका छन् ।
त्यस्तै गरी सदस्यहरुमा हिरालाल श्रेष्ठ, लिला खत्री, डिल्लीराम अर्याल, गोबर्धन श्रेष्ठ, उमा अर्याल, राजेन्द्र जोशी र महेश श्रेष्ठ रहेका छन् ।
कार्यक्रममा ०४१ सालमा शक्तिमाविबाट प्रवेशिका दिएका धेरै जसो बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।




















