गोरखा । सदरमुकामका रहेको गोरखा बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा रामबावु जोशी चयन भएका छन् । सनिबार सदरमुकाममा भएको २१औं साधारण सभा तथा ७औं अधिवेशनबाट अध्यक्षमा जोशी सर्व सम्मत चयन भएका हुन् ।
सोही अधिवेशनले उपाध्यक्षमा रामशरण आचार्य, सचिवमा शरद श्रेष्ठ र कोषाध्यक्षमा योङकुमार श्रेष्ठ सर्व सम्मत चयन भएको संस्थाले जानकारी दिएको छ ।
निर्वतमान अध्यक्ष शित्तलकाजी मास्केतको अध्यक्षतामा भएको अधिवेशनले सदस्यहरुमा मिनादेवी श्रेष्ठ, उषा श्रेष्ठ, श्यामबावु श्रेष्ठ, कृण्णप्रसाद अर्याल, श्यामबाव जोशी, जिवनज्योति श्रेष्ठ र रुद्रबहादुर श्रेष्ठ चयन भएका छन् ।
सोही अधिवेशनले लेखा सुपेरिवेक्षण समितिको संयोजकमा अर्जुनबावु श्रेष्ठ र सदस्यहरुमा किरण अर्याल र शंकर कुवँरलाई चयन गरेको छ ।


