गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमाले गोरखाको ४ पदको मतदान सुरु भएको छ । सहसचिव, खुल्ला सदस्य, उत्पीडित पुरुष र जनजाती पुरुषमा आवश्यक भन्दा बढीको उम्मेदवारी परे संगै मतदान भएको हो ।
निर्वाचन अधिकृत रमेश अधिकारीका अनुसार २ सह सचिवका लागि ३ जनाको उम्मेदवारी परेको छ भने २० जना खुल्ला सदस्यका लागि २७ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै गरी उत्पीडित पुरुष तर्फ ३ जनाको स्थानमा ११ जना र ५ जना जनजातीको स्थानमा १० जनाको उम्मेदवारी परे संगै अहिले बिहान ९ः१५ बजेदेखी मतदान सुरु भएको हो । उल्लेखीत पदहरुका लागी ३० जनाकाे स्थानमा ५१ जनाकाे उम्मेदवारी परेकाे हाे ।
सनिबारदेखी सुरु भएको मतदान प्रकृया अन्तरर्गत अन्य पदहरुमा सर्व सम्मत चयन भई सकेको नेकपा एमालेले जनाएको छ । जस अन्तरर्गत अध्यक्षमा प्रेमबहादुर गुरुङ, उपाध्यक्षमा कृण्णबहादुर नेपाली र सचिवमा काजीराम रोक्का सर्व सम्मत चयन भएका थिए ।


