गोरखा । नेपाल कम्युनिष्ट पार्टी एमाले गोरखाको अध्यक्षमा प्रेमबहादुर गुरुङ सर्व सम्मत चयन भएका छन् । पुष २३ र २४ जिल्ला सदरमुकाममा भएको अधिवेशनले गुरुङलाई सर्व सम्मत अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा कृण्णबहादुर नेपाली र सचिवमा काजीराम रोक्कालाई समेत सर्व सम्मत चयन गरेको छ ।
अधिवेशन अन्तरर्गत आज सनिबार बिहानेदेखी निर्वाचन प्रकृया सुरु भएको भएता पनि सर्व सम्मत गर्ने प्रयासमा उम्मेदवारहरुले समय मागे पछि निर्वाचन प्रकृयालाइ आइतबार सम्म धकेलिएको निर्वाचन अधिकृत रमेश अधिकारीले जानकारी दिए ।
गोरखा नगरपालिका ८ को चाइनिज धारा स्थित मदन आश्रित भवनमा रहेको पार्टी कार्यालयमा हुने निर्वाचन अन्रर्गत आज सहसचिव, खुल्ला सदस्य, उत्पीडित पुरुष र जनजाती पुरुष तर्फको मतदान बिहान १० बजे अगाडीदेखी सुरु गर्न लागिएको निर्वाचन अधिकृत अधिकारीले जानकारी दिए ।
अधिकृत अधिकारीका अनुसार सह सचिव २ जना, खुल्ला सदस्य तर्फ २० जना, उत्पीडित पुरुष तर्फ ३ जना र जनजाती पुरुष तर्फ ५ जनाको निर्वाचन हुन लागेको हो ।
अहिले हुन लागेको निर्वाचनमा ६०० जना प्रतिनिधीहरुले मतदान गर्ने छन् । निर्वाचन प्रकृया अनुसार जिल्ला समितिमा अध्यक्ष, उपाध्यक्ष र सचिव १–१ जना र उपसचिवमा २ जनासँगै १०५ सदस्यीय कार्यसमिति बन्ने निर्वाचन मण्डलले जनाएको छ । त्यस बाहेक पनि निर्वाचित समितिले ५ प्रतिशत सदस्य चयन गर्नपाउने प्रावधान एमालेको बिधानले दिएको छ ।




















