गोरखा । नेकपा (एमाले) गोरखाको ७औँ जिल्ला अधिवेशन अन्तरर्गत आज बिहानेदेखी निर्वाचन प्रकृया सुरु भएको छ । गोरखा नगरपालिका ८ को चाइनिज धारा स्थित मदन आश्रित भवनमा रहेको पार्टी कार्यालयमा निर्वाचनको प्रकृया थालनी भएको निर्वाचन अधिकृत रमेश अधिकारीले जानकारी दिए ।
अधिकृत अधिकारीका अनुसार सनिबार बिहान ९ः०० बजेदेखी निर्वाचनको सबै कार्य तालिका प्रकाशन गरी मतदाताको नामावली समेत प्रकाशन गरिएको छ । जस अन्तरर्गत ६०० जनाको नाम सार्वजनिक गरिएको छ ।
निर्वाचन प्रकृया अनुसार जिल्ला समितिमा अध्यक्ष, उपाध्यक्ष र सचिव १–१ जना र उपसचिवमा २ जनासँगै १०५ सदस्यीय कार्यसमिति बन्ने निर्वाचन मण्डलले जनाएको छ । त्यस बाहेक पनि निर्वाचित समितिले ५ प्रतिशत सदस्य चयन गर्नपाउने प्रावधान एमालेको बिधानले दिएको छ ।
जिल्ला अधिवेशनका प्रतिनिधिहरु गएको पुस १७ गते नै सबै तहबाट छनोट भएर आएको र केही प्रतिनिधी हिजो चयन गरी ६०० जना पुगेको नेकपा एमाले गोरखाले जनाएको छ ।
निर्वाचन कार्य तालिका
बिहान ९ः०० बजे मतदाता नामावली प्रकाशन
बिहान ११ः०० बजेदेखी १२ः०० बजेसम्म उम्मेदवारी दर्ता
१२ः३० बजे प्रारम्भिक नामावली प्रकाशन
१२ः३० उम्मेदवारको बिरोधमा उजुरीदिने
१ बजेदेखी १ः१५ बजेसम्म उजुरी उपर छानविन र निर्णय
२ः४० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन
३ः३० बजेदेखी ५ः३० बजेसम्म मतदान


