गोरखा । गोरखा सदरमुकाममा रहेको मनकामना बहिरा आवासिय माध्यामिक बिद्यालयको ब्यवस्थापन समितिको अध्यक्षमा पुनः खडानन्द रेग्मी अध्यक्ष निर्वाचित भएका छन् ।
गोरखा नगरपालिका ९ को टक्सारमा आज भएको भेलाले रेग्मीको अध्यक्षमा समिति चयन गरेको हो । जसको सदस्यहरुमा दिपक रेग्मी, कृण्णबहादुर कुमाल, सुमित्रा कुमाल र बिमला थापा चयन भएको बिद्यालयका प्रधानाध्यापक अनिल अंगाईले जानकारी दिए ।
शिक्षक प्रतिनिधी र वडा प्रतिनिधी भने पछि चयन गर्ने गरी समिति निर्माण भएको अध्यक्ष रेग्मीले बताए ।
भेलाले आजै उद्वव सुवेदीको अध्यक्षतामा गुणस्तर लेखाजोखा तथा सुपेरिवेक्षण समिति समेत गठन गरेको छ ।
भेलामा गोरखा नगरपालिका १० का बडाध्यक्ष देवीबहादुर बस्नेत, गोरखा नगरपालिका शिक्षा खाशामा विश्वनाथ वाग्ले, बिद्यालयमा संस्थापक रामकुशल पन्त समेतको उपस्थिती रहेको थियो ।



