साँकेतिक तस्बिर
गोरखा । गोरखाको धार्चे गाउँपालिकाको खोर्लाबेशीमा आगलागी हुदा घर र गोठ जलेर नष्ट भएको छ । धार्चे गाउँपालिका ३ को खोर्लाबेशीका सन्तबहादुर गुरुङको घर र गोठमा आगलागी भएको हो ।
शुक्रबार बिहान भएको आगोलागीमा परी उनको घर र घरसँगै रहेको गोठ जलेर नष्ट भएको एक स्थानियले जानकारी दिए । आगोालागीबाट के कती क्षति भएको छ भन्ने अहिलेसम्म वितवरण आउन सकेको छैन ।
आगोलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । घटना लगत्तै नेपाली सेनाको टोलीले आगो नियन्त्रणमा लिएको थियो ।




















