काठमाण्डौं । राजधानीको कलंकीमा भएको मोटरसाइकल दुर्घटनामा परी गोरखाका युवकक गंभिर घाईते भएका छन् भने धादिङकी युवतीको मृत्यु भएको छ ।
स्वयम्भुबाट बल्खुतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ४६८१ नम्बरको मोटरसाइकल आज बिहान १ः४५ बजे अनियन्त्रित भइ सडकको डिभाइडरमा ठोक्किदा धादिङ घरभई काठमाण्डौंको नैकाप बस्दै आएकी २७ वर्षीया सोफिया श्रेष्ठको मृत्यु भएको हो ।
सोफीयाको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै गरी मोटरसाइकल चालक गोरखाका ३१ वर्षीय रामशरण ढकालको घाईते अवस्थामा सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


