गोरखा । सदरमुकाममा रहेको सबै भन्दा पुरोना शक्ति माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा शिवराम श्रेष्ठ चयन भएका छन् । बिद्यालयमा उपस्थितहरुको भेलाले श्रेष्ठको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।
समितिको सदस्यहरुमा विजय ज्ञवाली, सन्तोष श्रेष्ठ, सर्मिला श्रेष्ठ, रञ्जिता श्रेष्ठ, सूर्यमाया श्रेष्ठ चयन भएको बिद्यालय प्रशासनले जनाएको छ । त्यस्तै गरी सदस्य सचिवमा प्रधानाध्यापक बद्री अर्याल रहेका छन् ।
भेलाले गुणस्तर तथा लेखाजोखा सुपरीवेक्षण समितिको संयोजकमा इश्वरीप्रसाद लामिछानेलाई चयन गरेको छ । समितिको सदस्यहरुमा हरिनारायण श्रेष्ठ, दीपक श्रेष्ठ र हिरादेवी श्रेष्ठ चयन भएका छन् ।




















