गोरखा । नेकपा (एमाले) गाेरखाको ७औँ जिल्ला अधिवेशनमा ३ जनाले अध्यक्ष पदका लागि दाबी गरेका छन् ।
पार्टीको जिल्ला अधिवेशन यही पुस २३ र २४ गते हुँदै छ । जिल्ला अध्यक्षका लागि प्रेम गुरुङ, सुरेन्द्र थापा र कृण्ण नेपालीले इच्छा देखाएका हुन् ।
अध्यक्षका आकांक्षी गुरुङ बर्तमान समितिका जिल्ला अध्यक्ष हुने भने नेपाली सोही समितिका सचिव र थापा प्रदेश सस्दय हुन् ।
जिल्ला समितिमा अध्यक्ष, उपाध्यक्ष र सचिव १–१ जना र उपसचिवमा २ जनासँगै १३५ सदस्यीय कार्यसमिति बन्ने नेकपा एमाले गोरखाका अध्यक्ष प्रेम गुरुङले बताए । जिल्लामा स्थानिय तहबाट छनोट भएर आएकाहरुको संख्यामा ५ प्रतिशत प्रतिनिधि आज चयन हुने पनि अध्यक्ष गुरुङले जानकारी दिए ।
जिल्ला अधिवेशनका प्रतिनिधिहरु गएको पुस १७ गते नै सबै तहबाट छनोट भएर आएको र केही प्रतिनिधी आजै चयन ुहुने हुदाँ प्रतिनिधिको संख्या ६४१ जना पुग्ने नेकपा एमाले गोरखाले जनाएको छ ।


