गोरखा । निजि तथा आवासिय अर्गनाइजेसन (प्याब्सन) गण्डकी प्रदेशको उपाध्यक्षमा गोरखाका सिताराम तिवारी निर्विरोध निर्वाचित भएका छन् । २० र २१ गते नवलपुरको गैडाकोटमा भएको अधिवेशनले तिवारीलाई उपाध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
प्याब्सन गण्डकी प्रदेशको ५औं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन मोर्डन ईग्लिस बोर्डिङ स्कुलका सञ्चालक तिवारीलाई सर्व सम्मत उपाध्यक्षमा चयन गरेको प्याब्सन गोरखाका अध्यक्ष कमल थापाले जानकारी दिए ।
गोरखा नगरपालिका ६ मा रहेको बोर्डिङका सञ्चालक तिवारी प्याब्सन गोरखाका निर्वतमान अध्यक्ष समेत हुन् ।


