गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा गोरखाका मोहनकुमार श्रेष्ठ मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले श्रेष्ठलार्य पहिलो बैठकमा केन्द्रीय समितिमा मनोनित गरेका हुन् ।
गोरखाको भिमसेन थापा गाउँपालिका ७ बोर्लाङ निवासी श्रेष्ठ २०६७ साल देखि केन्द्रीय सदस्यमा रहदै ५ पटक सह प्रवक्त्ता भएर काम गरिरसहेको छन् । श्रेष्ठ यस अघिका पार्टीको पूर्व प्रचार विभागका प्रमुख समेत हुन् ।
राप्रपाको विधानअनुसार केन्द्रीय कमिटी एकसय ९९ सदस्यीय हुनेछ । जसमा मंसीरको दोस्रो साता भएको महाधिवेशनले १४९ सदस्य निर्वाचित गरेको थियो । बाँकी ५० जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने विधान अनुसार आइतबार ३१ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनित गरिएको थियो ।
बाँकी १९ जनालाई दोस्रो चरणको वैठकले मनोनित गर्ने राप्रपाले जनाएको छ ।


