गोरखा । राष्ट्रिय सभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले गोरखाका भुवन सुनारलाई उम्मेदवार बनाएको छ । पार्टी विभाजनका बेला डा.बावुराम भट्टराईको कित्तामा गएका उनलाई माओवादी केन्द्रमा फिर्ता भए लगत्तै राष्ट्रिय सभाको उम्मेदवार बनाएको हो ।
पालुङटार नगरपालिका गाईखुर निवारी सुनार डा.भट्टराई माओवादीबाट बाहिरी संगै उनी भट्टराईको कित्तामा बसेर काम गरेका थिए । सुनार पुनः माओबादी केन्द्रमा पुनरागम भए लगत्तै उनलाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको माओबादी केन्द्र गोरखाले जनाएको छ ।
०६८ सालमा डा.भट्टराईले सुनालाई राष्ट्रिय दलित आयोगका सदस्य सचिव बनाएका थिए । ४ दशक लामो राजनितिमा दलितको उत्थानका लागि आन्दोलनमा होमिएका सुनारले आफुलाई पार्टीले मुल्यांकन गरेर राष्ट्रिय सभाको उम्मेदवार बनाएकोमा खुशी ब्यत्त गरे ।
गठबन्धनबाट यस अघि नेपाली काँग्रेसले गोरखाका कमला पन्तलाई पनि उम्मेदवार बनाएको छ ।
भोट क्रस नभएको खण्डमा यो पटक राष्ट्रिय सभाको निर्वाचन नेपाली काँग्रेसका तर्फबाट पन्त र माओवादी केन्द्रबाट सुनारको जित निश्चित छ ।
राष्ट्रिय सभाको ४ वर्षे कार्यकाल अन्तर्गत २० जनाको पद खाली हुन लागेको हो । १९ जनाका लागि माघ १२ गते चुनाव हुने तय भएको छ भने १ जना मनोनीत हुनेछन् ।




















