गोरखा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को ८औं राष्ट्रिय महाधिवेशन बाट केन्द्रीय कमिटीको सदस्यमा १० जना निर्वाचित भएका छन् ।
पुस १० गतेदेखी १८ गतेसम्म भएको महाधिवेशनमा जिल्लामा रहेका ७ जना जिल्ला बाहिर तर गोरखा घर भएका ३ जना गरी १० जनाले स्थान पाएको हो ।
महाधिवेशनले नारायणकाजि श्रेष्ठ, हितराज पाण्डे, हरिराज अधिकारी, कृष्णप्रसाद धिताल केन्द्रिय समितिमा चयन भएका हुन् । त्यस्तै गरी चुणामणि खड्का, लेखनाथ न्यौपाने, पर्शुराम रम्तेल, अमर तमु, शुसिला सिंखडा र पम्फा बस्याल रहेका छन् ।
त्यस्तै, गरी जिल्ला बाहिर रहेका गोरखा घर भएका मध्ये शोमती गुरुङ्ग, दुर्गा बिक र पार्बति थापा समेत केन्द्रिय कमिटीमा चयन भएको नेकपा (माओबादी केन्द्र) गोरखाले जनाएको छ ।


