काठमाण्डौ । युवापुस्ताले सामाजिक संजाल मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो ‘अनलाईन’ सार्वजनिक भएको छ । यस गीतमा युवा गायक प्रबेश राईको रहेको छ ।
गीतमा शब्द संगीत समेत गायक राईको नै रहेको छ । गीतलाई जीआर उप्रेतीले संगीत संयोजन गरेका छन् । अनलाईनमा भएकी प्रेमिकाले नबोल्दा प्रेमीको मनमा आएको छटपटी र दुखेसोलाई भिडियोलाई देखाइएको छ ।
अमेरिकामा नै छायाँकन भएको भिडियोलाई भिम लामिछानेले छायाँकन गरेका हुन् भने राजेश शाहले सम्पादन गरेका हुन् ।
म्युजिक भिडियोमा गायक प्रबेश राई, श्रीजना भुजेल र बादल मगरको अभिनय रहेको छ । प्रबेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।




















