गोरखा । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले गण्डकी प्रदेश कमिटीले उम्मेदवार छनोंटकाका क्रममा गोरखाका ३ जना सिफारीस गरिएको छ । ३ जना उम्मेदवारका लागि प्रदेश कमिटीले ९ जनाको नाम पार्टी केन्द्रीय कार्यालयलाई सिफारिस गर्दा गोरखाका ३ जनाको नाम परेको हो ।
नेकपा एमाले गोरखाबाट दलिततर्फ कृष्ण नेपाली, महिला क्लस्टरबाट सम्झना देवकोटा र खुला तर्फ प्रेम गुरुङ्गको नाम सिफारिस गरिएको नेकपा एमाले गण्डकी प्रदेशले जनाएको छ ।
सिफारिसमा परेकामध्ये देवकोटा नेकपा एमालेको केन्द्रिय सदस्य हुन भने गुरुङ्ग जिल्ला अध्यक्ष र नेपाली जिल्ला सचिव हुन् ।
गण्डकीबाट ३ जना निर्वाचित हुने राष्ट्रिय सभा निर्वाचनका लागि यही पुस २० गते मनोनयन दर्ता गराउनुपर्नेछ । माघ १२ गते हुन लागेको राष्ट्रियसभा सदस्यको चुनाव हुदै छ ।




















