गोरखा । नेपाल निजामती कर्मचारी संगठन गोरखाको अध्यक्षमा रोशन बानियाँ चयन भएका छन् । संगठनको १२औं जिल्ला अधिवेशनबाट बानियाँ अध्यक्षमा चयन भएका हुन् ।
अधिवेशनबाट उपाध्यक्षमा लोकप्रसाद ढुङ्गाना (तथ्यांक कार्यालय), सुकमेल बराल (स्वास्थ्य कार्यालयका), सचिवमा अनिल गुरुङ (जिल्ला हुलाक कार्यालय), उप सचिवमा महेन्द्र सुनार (स्वास्थ्य कार्यालय) र कोषाध्यक्षमा प्रदिप नेपाल (तथ्यांक कार्यालय) चयन भएका छन् ।
समितिको अन्य सदस्यहरुमा नवराज श्रेष्ठ (बुकोट स्वास्थ्य चौकी), नगेन्द्र आले (जिल्ला हुलाक कार्यालय), अशोक थापा मगर (मालपोत कार्यालय), शिवलाल थापा मगर (मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय), प्रशुन अधिकारी (भीमसेन गाउँपालिका) र पुरुषोत्तम गौली (स्वास्थ्य कार्यालय) चयन भएका छन् ।
भेलाले केन्द्रीय प्रतिनिधिमा लिलाधर अधिकारी, लक्ष्मी खनाल र गणेशभक्त त्रिपाठीलाई चयन गरेको संगठनले जनाएको छ ।
त्यस्तै गरी निर्वाचन समितिको संयोजकमा भवानी सापकोटा चयन भएका छन् । समितिको अन्य सदस्यहरुमा विष्णु अधिकारी, निलकण्ठ अधिकारी, अशोक खनाल, विमला पुलामी र राममणि ढुङ्गाना चयन भएका छन् ।
संगठन गोरखाका निवर्तमान अध्यक्ष गणेशभक्त त्रिपाठीको अध्यक्षता तथा नेकपा एमाले गण्डकी प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रिय कमिटी सदस्य सम्झना देवकोटा, एमाले जिल्ला अध्यक्ष प्रेम गुरुङ लगायत, कर्मचारी संगठनका कास्की जिल्ला अध्यक्ष अशोक खनालले शुभ कामना मन्तव्य राखेका थिए ।




















