गोरखा । गोरखाको बैदिक गुरुकुललाई चितवनको युवाहरुको संस्थाले फाईबर सिरक र न्यानो कपडा वितरण गरेको छ । युवा मञ्च चितवन नामक संस्थाले गोरखनाथ बैदिक गुरुकुल बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सिरक र न्यानो कपडा प्रदान गरेको हो ।
सनिबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी मञ्चले २४ थान फाईबर सिरक र २९ सेट न्यानो कपडा (टोपी, टाउजर र ट्रयाक) बितरण गरिएको कार्यक्रम संयोजक तलसीप्रसाद भट्टले जानकारी दिए । ‘स्वदेश तथा बिदेशमा रहेका नेपाली साथीहरुबाट प्राप्त सहयोगबाट सिरक र न्यानो कपडा खरिद गरेर गुरुकलमा अध्ययनरत बिद्यार्थीहरुलाई सामाग्री प्रदान गरिएको’ संयोजक भट्टले बताए ।
करिब ८० हजार रुपैयाँ बरावरको सामाग्री गुरुकुललाई हस्तान्तरण गरिएको मञ्चका इन्द्र आचार्यले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी गोरखा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष नारायणबावु अर्यालले बिद्यालयमा अध्ययरनत बिद्यार्थीहरुलाई उत्त सामाग्री प्रदान गरेका थिए ।
६ बर्षदेखी १२ बर्षसम्मका बिद्यार्थीहरु अध्ययनरत उक्त बिद्यालयमा गोरखा, चितवन, बाजुरा, मुगु, कैलाली, कालिकोट र जुम्लाका गरी २४ जना बिद्यार्थीहरु अध्ययनरत रहेको बिद्यालयले जनाएको छ ।
कार्यक्रममा युवा मञ्चका केही सदस्यहरुले मुक्तक बाचन गरेका थिए भने विद्यालयका निर्वतन अध्यक्ष पुरुषोत्तम अर्याल र युवा मञ्च चितवनकी दिपा पुरीले शुभ कामना मन्तब्य राखेका थिए ।
सोही कार्यक्रममा सहयोगीहरुको नाममा जन्म दिन तथा विवाह उत्सवको ५ केट काटेर बिद्यार्थीहरुलाई खुवाइएको थियो ।







