गोरखा । गोरखाको माछाखोलामा आज भएको मिनी ट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३ पुगेको ५ । गंभिर घाईते मध्ये धार्चे गाउँपालिका ३ उहियाकी २ बर्षिया सपना गुरुङको मृत्यु संगै मृत्तकको संख्या ३ पुगेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
शुक्रबार आरुघाटबाट माछाखोला तर्पm जादै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक धार्चे गाउँपालिका ५ को माछाखोला बजार नपुग्दै बिहान ११ः५५ बजे दुर्घटना हुदा चालक सहित २ जना मृत्यु भएको भएको थियो ।
मिनी ट्रकमा सडकबाट १०० मिटर तल बुढी गण्डकी नदीमा खस्दा धादिङ घर भएका निराजन नेपाल र दिपक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
गाडीमा सवार अन्य ३ जना मध्य १ जना मध्ये धार्चे गाउँपालिका ३ उहियाँ निवासी आशमान गुरुङको आरुघाटमा सामान्य उपचार पछि थप उपचारको लागि बिर अस्पतालको ट्रमा सेन्टर लगिएको छ ।
घाईते मध्ये धार्चे गाउँपालिका ३ उहियाकै शरनी गुरुङ र धार्चे ५ की अस्मिता गुरुङलाई पनि थप उपचारको लागि हेली मार्फत उद्वार गरी राजधानीको शिक्षण अस्पतालमा उपचार भई रहेको छ ।




















