गोरखा । गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिको अध्यक्षमा नारायण खत्री सर्व सम्मत अध्यक्षमा चयन भएका छन् । खत्रीको अध्यक्षतामा ११ सदस्य समिति समेत सर्व सम्मत चयन भएको छ ।
गोरखाको केन्द्रिय कार्यालय रहेको कम्पनीको बिहीबार र शुक्रबार सदरमुकाममा भएको प्रथम साधारण सभा तथा पहिलो अधिवेशनले समितिको सस्यहरुमा अञ्जनबावु खत्री, शरण गुरुङ, अर्जुन भट्ट र शरदबावु कट्टेल समिति सदस्यमा सर्व सम्मत चयन भएका हुन् ।
समितिको अन्य सदस्यहरुमा दिपक बोहरा, गणेश बानियाँ, बिकास घिमिरे, उज्वल मल्ल, ज्ञानकाजी श्रेष्ठ र राजु धमला समेत सर्व सम्मत चयन भएको अध्यक्ष खत्रीले जानकारी दिए ।
जिल्ला भित्र र जिल्ला बाहिर चल्ने बस, मिनी बस, माइक्रो, टाटा सुमो, ट्रक र ट्याक्टर गरी २५५ जना ब्यवसायी कम्पनीमा आबद्व रहेको समितिका सदस्य शरदबावु कट्टेलले जानकारी दिए ।




















