गोरखा । गोरखाको माछाखोलामा आज भएको मिनी ट्रक दुर्घटनामा परी २ जनाएको मृत्यु भएको छ भने अन्य २ जना गंघिर घाईते भएका छन् ।
शुक्रबार आरुघाटबाट माछाखोला तर्पm जादै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक धार्चे गाउँपालिका ५ को माछाखोला बजार नपुग्दै १ किलोमिटर वर दुर्घटना हुदा २ जना मृत्यु भएको भएको हो । सोही मिनी ट्रकमा सवार अन्य ४ जना पनि घाईते भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।
गाडीमा सवार अन्य ४ जना मध्य २ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नावय उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालले जानकारी दिए । घाईते मध्ये धार्चे गाउँपालिका ३ उहियाँ निवासी आशमान गुरुङको टाउकोमा चोट देखिएकोले तत्कालै आरुघाट तर्फ उपचारको लागि ल्याउदै गरिएको प्रनाउ दाहालले बताए ।
अन्य घाईते मध्ये धार्चे गाउँपालिका ३ उहियाकै शरनी गुरुङ र उनी २ बर्षिया छोरी सपना गुरुङ र धार्चे ५ की अस्मिता गुरुङ भएको पुष्टी भएको छ । २ बर्षिया बालिका भने अहिले पनि बेहोश अवस्थामा माछाखोलाको एक मेडिकलमा उपचार भई रहेको छ ।
मृत्तक मध्ये सोही ट्रकका चालक धादिङ घर भएका निराजन नेपाल भएको पुष्टी भएको र अन्य १ जनाको भने पहिचान खुल्न नसकेको गोरखा प्रहरीले जनाएको छ । चालकको उद्वार गरी स्थानिय मेडिकलमा उपचारको लागि लादालादै बाटो मृत्यु भएको थियो भने पहिचान खुल्न नसकेको ब्यक्तिको भने घटना स्थलमा नै मृत्यु भएको हो ।
ट्रक कच्चीबाट १०० मिटर तल बुढीगण्डकी किनारमा खसेको छ । बिहान ११ः५५ बजे भएको सवारी दुर्घटना लगत्तै प्हरी घटना स्थलमा पुगेर उद्वारमा जुटेको थियो ।




















