गोरखा । चेम्वर अफ कमर्स गोरखाको आयोजनामा हुने कृषि तथा ब्यापार मेला २०७८ पुस १८ गतेदेखि २७ गतेसम्म हुने भएको छ ।
मेलाको बिषयमा खेलकुद मैदान विवादमा आए पछि अघि पुष ५ गतेबाट १५ गतेसम्म हुने भनिएकोमा विवाद समाधान भए लगत्तै १८ गतेदेखी २७ गतेसम्म सञचालनमा आउने भएको हो ।
सदरमुकामको हरमटारी खेलकुद मैदान हुने भनिएको मेलाको बिषयमा एन्फा र कर्मसको सहमतिमा लगत्तै सञ्चालनमा ल्याउन लागिएको मेला आयोजक चेम्बर अफ कर्मस गोरखाका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिए ।
मेलामा कृषि उत्पादनको प्रदर्शनी, घरेलु उद्योगबाट उत्पादीत सामग्रीका साथै जाती विशेषको खाना र अन्य स्टलहरु रहने आयोजक संस्थाले जनाएको छ ।
मेलाले ब्यापार ब्यवशाय, कृषि उत्पादन बिक्री, पर्यटकीय स्थलको प्रचार प्रसारमा सहयोग पुग्ने आयोजक संस्थाले जनाएको छ । मेला अवधीभरमा ३ करोड भन्दाबढिको कारोबार हुने अनुमान चेम्बरले गरेको छ ।
औपचारीक रुपमा १८ गतेदेखी सञ्चालनमा आउने भनिएता पनि आयोजक संस्थाले आजैदेखी ब्यापार मेला सञ्चालनमा ल्याएको छ । यो अवधीमा करिब ५० हजार मानिसले मेलाको अबलोकन गर्ने अनुमान चेम्बर अफ कमर्सले गरेको छ ।
मेलामा १३० वटा स्टल राखिएको पनि आयोजक संस्थाले जनाएको छ ।





















