गोरखा । आसन्न निर्वाचनको लागी गोरखाको २ स्थानिय तहमा मतदान केन्द्र थप गरिएको छ । जिल्लाको धार्चे र गण्डकी गाउँपालिकामा १–१ स्थानमा मतदान केन्द्र थप गरिएको हो ।
धार्चेको शिव आधारभुत विद्यालय र गण्डकी गाउँपालिकाको पशुपति प्रजा आधारभुत बिद्यालयमा मतदान केन्द्र थप गरिएको जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।
मतदान केन्द्र थप्ने वा घटाउने भन्ने अधिकारी निर्वाचन आयोगलाई मात्र भएकोले जिल्लामा ३ स्थानमा मतदान केन्द्र थप गर्न सिफारीस गरिएको भएता पनि गोरखा नगरपालिका ३ को पढेनी चौताराको मतदान केन्द्रको भने निर्णय अहिले सम्म नभएको जिल्ला निर्वाचन अधिकृत टेकबहादुर कोइरालाले जानकारी दिए ।
जिल्लामा रहेको राजनैतिक दलको मागको आधारमा गरिएको सिफारीसमा गोरखा सदरमुकामको मतदान केन्द्रको भने निर्णय नभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको हो ।




















