गोरखा । गोरखामा आज गुरुङ समुदायले भब्य रुपमा ल्होसार मनाएका छन् । तमु छोंज धिं (गुरुङ राष्ट्रिय परिषद) नगर कमिटी गोरखाको आयोजनामा गोरखा बजारमा रयाली समेत गरिएको थियो ।
सदरमुकामको खेलकुद मैदानबाट सुरु भएको रयालीले नगरको विभिन्न भागको परिक्रममा गरेर रोहटेपानी पुगेर समापन गरिएको थियो ।
रयालीमा गुरुङ समुदायका विभिन्न उमेर समूहका महिला तथा पुरुषहरुको सहभागिता रहेको थियो ।


























