गोरखा । गोरखाको रेडक्रम चुनावमा लोकतान्त्रिक प्यानल बिजयी भएका छन् । सभापतिमा सर्व सम्मत यदुविलास भट्टराई चयन भएता पनि अन्य पदमा भने बुधबार साँझ चुनाव भएको थियो ।
मतदान प्रकृयाबाट खुल्ला उपसभापतीमा नन्दलाल बगाले र महिला उपसभापतिमा पुष्षा श्रेष्ठ बिजयी भएका छन् । खुल्ला तर्फ भिमलाल श्रेष्ठ र महिला तर्फ कल्पना कुवरले हार ब्यहोरेका छन् ।
त्यस्तै गरी मन्त्री पदमा भिमसेन काजी बानियाँले टोपबहादुर बानियाँलाई पराजय गरेका छन् । उपमन्त्रीमा नवराज तिवारीले रामहरी केसीलाई पराजित गरेका छन् ।
बुधबार नै भएको मतदानबाट कोषाध्यक्षमा ज्ञानहरी अर्यालले पृथबहादुर थापालाई पराजय गरे भने उप कोषाध्यक्षमा निधिप्रसाद तिमिल्सेनाले राधाराम कोइरालाई पराजय गरेका थिए ।
महिला सदस्य तर्फ फुलमायाँ गुरुङ, सुजाता गिरी र मिश्रीदेवी अधिकारी विजयी भएका छन् । उनीहरुले अर्को प्यानलबाट उठेका राधिका ढलका मिना श्रेष्ठ र तारादेवी बस्नेतलाई पराजीत बनाएका थिए ।
खुल्ला सदस्य तर्फ दिनेश खनखवास, मदन पन्त, चुणामणी न्यौपाने, सुनिल कुवँर, नारायण बोहरा र होमनाथ सापकोटा विजयी भएको निर्वाचन अधिकृत प्रदिप घिमिरेले जानकारी दिए । मतदानमा १२९ मत खसेको पनि अधिकृत घिमिरेले जानकारी दिए ।
रेडक्रसको गोरखा शाखा केही महिना अघि मात्र बिघटन गरिएको थियो ।
कसको कति मत ?
उप सभापति
नन्दलाल बगाले ६७
भिमलाल श्रेष्ठ ५६
महिला उप सभापति
पुष्पा श्रेष्ठ ७६
कल्पना कुवर ५०
मन्त्री
भिमसेन काजी बानियाँ ७५
टोपबहादुर बानियाँ ५०
कोषाध्यक्ष
ज्ञानहरी अर्याल ७३
पृथबहादुर थापा ५२
उपमन्त्री
नवराज उपाध्याय ७६
रामहरी केसी ४९
उप-कोषाध्यक्ष
निधिप्रसाद तिमिल्सेना ७०
राधाराम कोइरालाल ५५
महिला सदस्य तर्फ
फुलमायाँ गुरुङ ७४
सुजाता गिरी ७०
मिश्रीदेवी अधिकारी ६७
राधिका ढकाल ४६
मिना श्रेष्ठ ४५
तारादेवी बस्नेत ४८
खुल्ला सदस्य तर्फ
सुनिल कुवँर ६९
दिनेश खनखवास ६७
होमनाथ सापकोटा ६७
मदन पन्त ६६
नारायणप्रसाद बोहरा ६४
चुणामणी न्यौपाने ६३
मेघविलास ढकाल ५३
मिनबहादुर थापा ५७
दिपक अधिकारी ५२
होमराज मल्ल ५१
ईश्वरी अधिकारी ५७
विण्णुप्रसाद मरहट्टा ४६




















