गोरखा । लाप्राकको गुप्सी पाखा हिउँले ढाकेको छ । चिसो बढे संगै उत्तरी गोरखामा हिउँ पर्दा धेरै जसो भागलाई हिउँले ढाकेको छ ।
गैर आवासिय नेपाली संघले निमाण गरिदिएको भवन रहेको गुप्सी पाखा र त्यस वरपरको क्षेत्रमा भारी हिमपात हुदाँ पुरै घर हिउँले ढोकेको स्थानिय जेशन गुरुङले बताए ।
हिउँ २ फिट भन्दा बढी परिसकेको छ । त्यस्तै गरी उत्तरी गोरखाको अधिकाश भागमा हिउ परेको छ । उत्तरी गोरखाको साम्दो, सामागाउँ, प्रोक, ल्हो, बिही, सिर्दीबार, चुम्चेत तथा छेकम्पारमा रहेको बस्ती समेत हिउँले ढाकेको छ ।
त्यस क्षेत्रमा गएको ३ दिनदेखी लगातार हिउँ परिरहेको साम्दोका जनप्रतिनिधी निमा दोर्जेे टेलिफोन मार्फत जानकारी दिए ।
उत्तरी क्षेत्रमा हिउँ पर्दा जनजिवन प्रभावित भएता पनि स्थानिय खुशी भएका छन् । त्यस क्षेत्रमा हिउँ परे मात्र बाली राम्रो हुने विश्वास छ ।
हिउँकै कारण धेरै जसो गाउँका युवाहरु गाउँ छाडेर राजधानी प्रवेश गरेका छन् भने केही चितवन गएको केही पोखरा गएका छन् । अहिले उत्तरी क्षेत्रका धेरै जसो गाउँमा बृद्वबृद्वा मात्र रहेका छन् ।
तस्बिर जेशन गुरुङ/लाप्राक
तस्बिर निमा दाेर्जे/साम्दाे





























