गोरखा । म्युजिक खबर म्युजिक अवार्ड २०२१ बाट गोरखाका प्रकाशबावु थापा (प्रकापुन्ज) ले प्राप्त गरेका छन् । राजधानीमा भएको ९औं संस्करणको अवार्ड कार्यक्रममा थापाले उत्त अवार्ड प्राप्त गरेका हुन् ।
लामो समयदेखि नेपाली गीत लेखनमा कलम चलाएका थापाको अहिले सम्म करिब ४ दर्जन गीतहरु रेकर्डिङ भइसकेका छन् ।
थापाको गीतमा बरिष्ठ गायक आनन्द कार्की, चर्चित गायिका इन्दिरा जोशी, मिलन नेवार, शर्मिला बर्देवा, सबिना कार्की, धिरज राई, सपनकुमार राई लगायतका चर्चित गायक गायिकाहरुले स्वर भरका छन् ।
शहीदलखन गाउँपालिका ८ बुंकोट निवासी थापाको ‘एउटा फूल टिपेर मनमा चढाँएँ’ गीतले सर्बोत्कृष्ठ गीतकार पुरुष सुगम संगीतको टाइटलमा अवार्ड चुमेको हो ।
गीतमा स्वर र संगीत दुवै गायक राज सागरले दिएका छन् भने एरेन्जरको भुमिका भने गायक राजन इसानले निभाएका छन् ।
गीतको राम्रो म्युजिक भिडियो पनि बनेको छ जसमा अभिसेक गिरी, रन्जु बस्नेत, प्रशान्त कुमार यादव तथा लक्ष्मी धमलाको अभिनय देख्न सकिन्छ । गीतको निर्देशन चर्चित ढुङ्गेलले गरेका हुन् ।




















