काठमाण्डौँ । लामो समय देखि अमेरिकामा रहेर नेपाली भाषा, साहित्य र संगीतमा सक्रिय हिमालयन म्युजिक एकेडेमीमा सिइओ गायक, गीतकार तथा संगीतकार पुष्प गजमेरले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘सम्बन्ध’ सार्वजनिक गरेका छन् ।
सेण्टिमेण्टल भर्सनको यस गीतमा प्रेम सम्बन्धमा आउने उतार चढावलाई व्यक्त गरिएको छ । गायक गजमेरको सन् २०१७ मा सार्वजनिक एल्वम ‘आवाज’ भित्र संग्रहित गीतको भिडियो बजारमा आएको हो । यस गीतलाई सुमित बिश्वकर्माले संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा नायक आकाश श्रेष्ठ र जेबिका कार्की बीचको अन्स्क्रिन प्रेमलाई प्रस्तुत गरिएको छ ।
शंकल भुजेलले छायांकन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । हिमालयन आर्ट्स ल्याङ्ग्वेज एण्ड कल्चरल एकेडमीको प्रस्तुति रहेको यस भिडियोलाई शिशिर खातीको निर्देशनमा तयार पारिएको हो । शान्ती गजमेर निर्मात्री रहेको यस भिडियोलाई हिमालयन म्युजिक एकेडमीको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।




















