गोरखा । गोरखा बजारको बिरेनचोकबाट सालको काठ सहित २ युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोरखा नगरपालिका १० को बिरेनचोकबाट १४ थान सालको गोलिया सहित सोही स्थानका कृण्ण बिक र भगवान कार्कीलाई प्रहरीले पक्राउ गरेका जनाएको हो ।
बिरेनचोकमा रहेको प्रणामी फर्निचारमा अवैध सालको गोली रहेको भन्ने सूचनाको आधारमा प्रहरीले खानतलासी गर्ने क्रममा ग. १ त ४४७६ नम्बरको ट्याक्टरले सालको काठ ओसार पसार गरेको प्रमाणित भए संगै ट्याक्टर फर्निचारका धनी कार्कीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरिक्षक प्रकाश दाहालले जानकारी दिए ।
पक्राउ परेका दुवैलाई प्रहरीले बरामद गरिएको सालका ठोलिया र ट्याक्टर सहित बन डिभिजन कार्यालय गोरखामा बुझाईएको प्रहरीले जनाएको छ ।




















