गोरखा । गोरखा उद्योग बाणिज्य संघको १६औं अधिबेशन बाट महासचिवमा प्रकाशचन्द्र श्रेष्ठ र सचिवमा चन्दनबावु खत्री बिजयी भएका छन् । संघको आइतबार भएको निर्वाचनबाट महासचिव र सचिव सहित कार्य समिति सदस्यहरुमा संरुथापन पक्ष बिजयी भएका छन् ।
संघको अध्क्षयमा कृण्णकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा भगवानबावु मास्के, उपाध्यक्षमा अस्मकबावु श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र विश्वकर्मा यस अघि नै सर्व सम्मत भएका थिए । त्यस्तै गरी बस्तुगत सदस्यमा नेपाल सुन चाँदी ब्यवसायी महासंघ गोरखा शाखाका निर्वतमान अध्यक्ष पर्वबहादुर विश्वकमा र महिला सदस्यमा महिला उद्यमीका अध्यक्ष रिता रेग्मी अर्याल पनि यस अघि निर्विरोध चयन भएका थिए ।
सर्व सम्मत नभएका पदमा संघले आइतबार निर्वाचन गराएको थियो । निर्वाचनबाट सदस्यहरुमा दिपककुमार श्रेष्ठ (अनु), मनकाजि श्रेष्ठ, सुरेन्द्र कुबँर, शरण श्रेष्ठ, बशन्त बस्नेत, अयोध्या जोशी र शिबध्वज खत्री कार्य समिति सदस्यमा निर्वाचित भएको निर्वाचन अधिकृत स्थानेश्वर दुवाडीले जानकारी दिए ।




















