गोरखा । नेपाल सरकारका गृहमन्त्री बालकृण्ण खाडले एमसिसी पास गर्नकालागि गठबन्धमा छलफल सुरु गरिएको जनाएको छ ।
गोरखा उद्योग बाणिज्य संघको ४६औं बार्षिक साधारण सभा तथा १६औं अधिवेशनमा प्रमुख अतिथीका रुपमा सहभागी हुन आएका मन्त्री खाडले पत्रकारहरु संग कुरा गर्दै एमसिसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना भएकोले संसदबाट पास गर्नकै लागि गठबन्धन बिच छलफल चलाउन सुरु गरिएको बताए ।
‘एमसिसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना हो । यो एमसिसीका बारेमा तपाईहामी सबै नै सकारात्म हुनु पर्दछ’ भन्दै ‘यो कुनै सैन्य गठवन्धन नभएको’ मन्त्री खाडले बताए । ‘नेपालमा खास गरेर बिद्युत ट्रान्स मिसन र सडक निर्माण र गरिबी निवारणका लागि र रोजगारी बद्वीका लागि यो परियोजना हामीले नै प्रस्ताव गरेको’ भन्दै मन्त्री खाडले भने ‘यो ्सम्झौतालाई सदनबाट पास गर्ने प्रावधान नेपालले नै राखेको’ भन्दै ‘त्यही अन्रर्गत नै पास हुनु पर्छ र टुङो लगाउनु पर्छ ।’




















