गोरखा । गोरखाको शहिद लखन गाँउपालिकाले मानव सेवा आश्रमको निर्माणाधिन भवनको लागी आर्थिक सहयोग उपलब्ध गराएको छ । पालिकाले आज आश्रममा कार्यक्रम गरी ५ लाख ११ हजार १११ रुपैयाँको चक हस्तान्तरण गरेको हो ।
सदरमुकाममा रहेको मानव सेवा आश्रमको भवनमा नै कार्यक्रम गरेर पालिकाका अध्यक्ष रमेश थापा मगर तथा वडाध्यक्षहरु शरण श्रेष्ठ, काशिनाथ अंगाई र रामप्रसाद लामिछाने एवं प्रमुख प्रशासकिय अधिकृत जिवन आलेले संयुत्त रुपमा आश्रम संञ्चालिका मुना लामा र भवन निर्माण समितिका संयोजक ईश्वरकाजी मास्केतलाई संयुत्त रुपमा चेक हस्तातरण गरेका हुन् ।
सोही अवशरमा वडा नम्बर ७ का वडाध्यक्ष शरण श्रेष्ठले १५ हजार र ९ का वडाध्यक्ष रामप्रसाद भण्डारीले ५ हजार आश्रमलाई नगद सहयोग उृपलब्ध गराएको थियो ।
कार्यक्रममा बोल्दै पालिकाका अध्यक्ष थापाले पालिकाले मानव सेवाको क्षेत्रमा एक पाईला चालेको भन्दै आगामी दिनहरुमा पनि सहयोग उपलब्ध गराउदै जाने प्रतिबद्वता ब्यत्त गरे ।
कार्यक्रमलाई वडाध्यक्ष काशिनाथ अंगाई, भवन निर्माण समितिका संयोजक ईश्वरकाजी मास्के र आश्रम सञ्चालिका मुना लामाले शुभ कामना मन्तब्य राखेका थिए ।
कार्यक्रममा आश्रमले पालिकालाई सम्मान पत्र प्रदान गरेको छ । आश्रममा अहिले ४४ जना बालबालिका सहित ५० जनाले आश्रय लिदै आएको छ । ब्यक्तिको घर भाडामा लिएर बस्दै आएको आश्रमले अहिले नयाँ भवन निर्माणको थालनी गरेको र पाँचौ तलाको ढलानको तयारी भई रहेको संयोजक मास्केले जानकारी दिए ।





















