गोरखा । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय समितिमा गोरखाबाट मात्रै ३ जनाले स्थान पाएका छन् ।
निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै १३४ जनाको केन्द्रीय समितिमा गोरखाबाट ३ जना निर्वाचित बनेका हुन् ।
बिजयीहुनेहरुमा खुल्ला तर्फ सुरेन्द्रराज पाण्डे, मस्लिम तर्फ अब्दुल शतार र जनजाती तर्फ चिनकाजी श्रेष्ठ बिजयी भएका हुन् । जनजातीका उम्मेदवार श्रेष्ठले लोकप्रिय मतका साथ १ नम्बरमा बिजयी भएका हुन् । बिजेता सबै संस्थापन पक्षका हुन् ।
यता सह महामन्त्रीका उम्मेदवार बनेकी कमला पन्तले भने हार ब्यहोरेकी छिन । त्यसतै गरी केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका नेपाली काँग्रेस गोरखाका निर्वतनमा सभापती हरीबहादुर घले, पालुङटार नगरपालिकाका मेयर ई.दिपक कड्ेल, गण्डकी प्रदेशकी साँसद मनकुमारी गुरुङ तथा मोहनप्रकाश पोखरेल र राजेन्द्र बजगाईले समेत हार ब्यर्होनु परेको छ ।




















