गोरखा । गोरखा उद्योग बाणिज्य संघको भोलीदेखी हुने निर्वाचनका लागि उम्मेदवारी दिनेहरुको लर्को नै लागेको छ । पौष १० र ११ गते हुने ४६औं बार्षिक साधारण सभा र १६औं अधिवेशनका लागि उम्मेदवारी दिनेहरुको लर्को नै लागेको हो ।
मतदान कार्यक्रम अनुसार सनिबार उदघाटन र बन्द शत्र हुने छ भने आइतबार मतदानको कार्यक्रम तय भए अनुसार आज (शुक्रबार) उम्मेदवारी दर्ताको कार्यक्रम राखिएको हो ।
दिउसो १ बजेसम्म अध्यक्ष र बरिष्ठ उपाध्यक्ष बाहेकका धेरै जसो पदमा उम्मेदवारी दिनेको संख्या बढ्न थालेको निर्वाचन अधिकृत स्थानेश्व दुवाडीले जानकारी दिए ।
शुक्रबार ४ बजेसम्म उम्मेदवारी दर्ता गराउन पाउने प्रावधान अनुसार अहिले सम्म उपाध्यक्षमा अस्मकबावु श्रेष्ठ, महा सचिवमा रामहरी केसी र प्रकाशचन्द्र श्रेष्ठ, सचिवमा काजिराम श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र विश्वकर्माको उम्मेदावारी दर्ता भएको निर्वाचन अधिकृत दुवाडीले जानकारी दिए ।
त्यस्तै गरी बस्तुगत तर्फ पर्वबहादुर बिक र महिला उम्मेदवारमा रिता रेग्मीले उम्मेदवारी दर्ता गराएका छन् ।
सदस्यहरुमा भने १३ जनाको उम्मेदवारी परी सकेको छ । सदस्यहरुमा उम्मेदवारी दिनेहरुमा दिपककुमार श्रेष्ठ (अनु), शरण श्रेष्ठ, सुवास मल्ल, मानकाजी श्रेष्ठ, बसन्त बस्नेत, शिवध्वज खत्री, शंकरबहादुर कुवँर, कर्णबहादुर गुरुङ, अयोध्या जोशी, प्रेमध्वज थापा, पुष्कल अर्याल, सुरेन्द्र कुवर र सुमन कार्कीको उम्मेदवारी दर्ता भएको अधिकृत दुवाडीले जानकारी दिए ।
सदस्य तथा अन्य पदमा उम्मेदवारी दिने समय बाँकी भएकोले अन्य पदमा पनि उम्मेदवारी पर्न सक्ने संभावना बढी रहेको देखिन्छ ।




















